Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
सामसुङग मोबाइल फोनले ग्राहक ठग्यो

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

काठमाडौं। सामसुङग मोबाईलको नेपालका लागि आधिकारिक बितरक इन्टरनेशनल मार्केटिङग सभिर्सेज प्रा. लि. (आईएमएस)ले ग्राहकहरूलाई ठगेको आरोप लागेको छ। कम्पनीले सामसुङग मोबाईलको खरिदमा लागु गरेको उपहार योजना बिना कारण अचानक रोकेपछि ग्राहकहरूले आफूलाई
ठगेको आरोप लगाएका हुन्।
कम्पनीले दशैं तिहारको अवसर पारेर ‘बडा दशैंमा बडा उपहार’ योजना अन्तरगत सामसुङगको कुनैपनि मोडलको मोबाईल खरिदमा उपहार योजना सार्वजनिक गरेको थियो। आईएमएसले ‘बाइ एसएमएस वीन’ उपहार योजना लागु गरेर ग्राहकहरूलाई सामसुङग मोबाईल खरिद गर्न विज्ञापन गर्दै आएको थियो। कम्पनीले निकै ठूलो धनराशी खर्च गरेर विभिन्न संचारमाध्यममा सामसुङग मोबाइल खरिद गर्नेलाई आकर्षक उपहार दिने घोषणा गर्दै विज्ञापन गर्दै आएको थियो।
दशैंभरी मोबाईल बेचेर कमाएपछि दशैंपछि कम्पनीले एक्कासी कात्तिक १ गते एक सार्वजनिक सूचना जारी गर्दै उक्त योजना रोकिएको जानकारी दिएर ग्राहकलाई ठाडै ठग्ने काम गरेको छ। कम्पनीले उक्त उपहार योजना प्राविधिक कारणबस केही दिनका लागि स्थगित भएको उल्लेख गरे पनि ग्राहकहरू भने आफू ठगिएको महसुस गर्न थालेका छन्।
सामसुङगले उपहार योजना अन्तरगत हरेक दिन डेलि लक्की ड्र अन्तरगत तीनवटा ग्यालेक्सी नोट टू, डेलि बम्परमा ग्यालेक्सी नोट थ्री ३८ दिनसम्म र विक्ली ज्याकपटमा बजाजको पल्सर मोटरसाईकल ६ हप्तासम्म दिने दाबी गरेको थियो। उक्त योजनाअन्तरगतको लक्की ड्र एक टेलिभिजन कार्यक्रम मार्फत गरिने कम्पनीको प्रतिबद्धता थियो।
असोज १ गतेदेखि लागु गरेको उक्त योजना अचानक स्थगित गर्दा कम्पनीले सामसुङग मोबाईल खरिदकर्तालाई उपहार नदिने हो कि भन्ने आशंका पनि शुरु भएको छ। आईएमएसद्वारा आयातित सामसुङग मोबाईलको अधिक बिक्री भएपछि खरिदकर्तालाई उपहार नदिने षडयन्त्र अन्तरगत उक्त योजना रोकिएको हो कि भन्ने मोबाईल व्यवसायीहरूले आशंका गरेका छन्।
मोबाईल व्यवसायी संघका अध्यक्ष पुरुषात्तम बस्नेतले योजना रोकिएको बारे कुनै जानकारी कम्पनीले नदिएकोमा आश्चार्य ब्यक्त गर्दै केही थाहा नभएको बताए। उनले उक्त योजना अन्तरगत नै कात्तिक ३ गते आईतवारसम्म मोबाईल बिक्री गरिरहेको जानकारी दिए। यो समाचार तयार गर्दासम्म पनि विभिन्न मोबाईल पसलमा उक्त योजनाको ब्यानर राखिरहेको अध्यक्ष बस्नेतले बताए।
त्यसैगरी न्यूरोडमा सामसुङगको मोबाईल बिक्री गर्दै आएका अर्का व्यापारीले नाम उल्लेख नगर्ने शर्तमा ग्राहकलाई उपहार नदिने खेल भएको आशंका व्यक्त गरे।
सामसुङगको मोबाईल खरिद गरेका एक उपभोक्ताले उक्त योजनाको लागि आफूले पनि आईएमईआई नम्बरसहित एसएमएस गरेको भन्दै उपहार योजना स्थगित गर्नु गलत भएको बताए। आइएमएसको फोन ४४२८३७८ मा सम्पर्क गर्दा त्यहाँ कार्यरत कर्मचारी गिनीले पनि हाल ‘बडा दशैं बडा उपहार’ कार्यक्रम स्थगित भएको बताइन्।
साभार :साँघु

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!