Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
सेक्सका ६ भ्रम

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

हामीलाई थाहा छ कि हामी धेरै सेक्सका बारेमा सोच्ने गछौँ तरपनि यौनसम्बन्धि शिक्षाको सवालमा अझै पनि धेरै प्रकारका मिथलाई आधार बनाएर कुरा गर्ने गछौँ । एक्काईसौँ शताब्दि इन्टरनेटको जमानामा थुप्रै यौनसम्बन्धित जानकारीहरु पढ्न पाइन्छ तर पनि ती सबै जानकारीहरु सही हुन् या मिथ, छुट्याउन मुश्किल पर्छ । तपाईंको यौन जीवनलाई सजिलो गराउनका लागि यहाँ केहि सेक्स भ्रमहरु प्रस्तुत गरिएका छन् जसलाई तपाईंले हजार पटकभन्दा बढि सुनिसक्नुभएको हुनुपर्छ तर कुनै पनि पुष्टि भएका छैनन् ।

१.मुख मैथुनले गर्भवती बनाउँछ

संभवतः यो नै सबभन्दा ठूलो गलत मिथ हुनसक्छ । अहिलेको टीनएर्जले पनि यो कुरालाई विश्वास गर्छन् तर सत्य के हो भने मुख मैथुनले गर्भ बस्दैन कुनै महिलाले वीर्य नै निलेको अवस्थामा पनि यो सम्भव छैन ।

२. स्खलनपूर्व नै उसले निकालेको थियो त्यसैले म सुरक्षित छु

यो कुरा पनि सत्य होइन जब कुनै पुरुषको लिङ्ग सम्भोग गर्नको लागि तयार हुन्छ तब उसले तरल पदार्थ निकाल्न थाल्छ त्यसमा पनि सन्तान उत्पादन गर्ने वीर्य रहेको हुन्छ । यदि तपाईं बच्चा नजन्माउने सोचमा हुनुहुन्छ र असुरक्षित यौन सम्पर्क गरिरहनुभएको छ भने तपाईंले पिल्स खानु नै उपयुक्त हुन्छ ।

३. यो मेरो पहिलो पटक हो, म गर्भवती हुदिनँ

पुरानो सोच भएका गृहिणीहरु भन्ने गर्छन् कि कुनै पनि महिला पहिलो पटकको यौन सम्पर्कमा नै गर्भवती हुदिँनन् । सत्य कुरा के हो भने महिला कुनै पनि समयमा गर्भवती हुन सक्छिन् चाहे त्यो उसको पहिलो, दास्रो, तेस्रो पटक नै किन नहोस् । सुरक्षित हुन चाहनुहुन्छ भने कण्डमको प्रयोग गर्नुहोस् ।

४. उसको ठूलो खुट्टा छ त्यसैले उसको लिङ्गको आकार भन्नसक्छु

यो यौनको सबभन्दा पुरानो मिथ हो र यसको चर्चा अहिले पनि रहेको छ जुन सरासर गलत हो । उसको खुट्टा सानो अथवा ठूलो हुनुले उसको गोप्य अंगसँग कुनै सरोकार राख्दैन । सानो उचाइको मानिसको पनि ठूलो लिङ्ग हुनसक्छ ।

५. महिनावारीमा सम्पर्क राख्दा सुरक्षित भइन्छ

यदि तपाईंलाई तत्काल सन्तानको चाहना छैन भने यस्तो कुरामा विश्वास गर्न बन्द गर्नुहोस् । गर्भ रोक्न कुनै पनि तरिका अपनाउनु भएको छैन भने महिला महिनाभर जुनसुकै समयमा पनि गर्भवती हुन सक्छिन् । याद राख्नुहोस् वीर्य यौनसम्पर्क राखेको धेरै दिनसम्म पनि बाँच्ने भएका कारण महिनावारीमा गरिएको सम्पर्कले पनि तपाईं गर्भवती हुनसक्नुहुनेछ ।

६. कुमारित्व पातलो झिल्लिले निर्धारण गर्छ

यस्तो कुरामा विश्वास गर्नु सबभन्दा मूर्खता हो । कुमारित्व बहन गर्ने भनिएको झिल्लि कुनै पनि बेला टुट्न सक्छ यसको यौनसम्पर्कसँग कुनै सम्बन्ध छैन । यो झिल्लि बढि व्यायाम गर्नाले, साइकल चलाउँदा, घोड सवारीमा र पौडी खेल्नाले पनि टुट्न सक्छ ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!