Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
उनीसँग त मेरो शारीरिक सम्बन्ध नै रह्यो।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

http://kantepur.blogspot.com/2013/11/blog-post_8048.html?utm_source=BP_recent
विश्वभरि नै विवाह, प्रेम एवं यौनसम्बन्धमा उमेरले धेरै नै फरक पार्छ। आधुनिक संसारमा लोग्नेमानिसको उमेर स्वास्नीमानिसको भन्दा केही बढी नै देखिने गरेको छ। यसो भन्दैमा सधैंभरि यस्तै चलन थियो भन्न मिल्दैन। नेपालमा ५० वर्षअघिसम्म पनि विवाहित पुरुषको उमेर महिलाको भन्दा कम देखिन्थ्यो। त्यो बेला सानै उमेरमा विवाह हुन्थ्यो। सानो छोराको विवाह हुँदा घरमा काम गर्न सक्ने बुहारी भित्रियोस् भन्ने हिसाबले बढी उमेरका बुहारी विवाह गर्नु त्यो बेलाको बाध्यात्मक चलन थियो। नेपाल-भारतका हिन्दू बाहुल्य क्षेत्रमा यस्तो चलन निकै पुरानो हो।

यसबाहेक महिलाप्रधान समाजमा पनि पुरुषको तुलनामा महिलाको उमेर बढी हुने गरेको छ। महिलाले अभिभावकत्व ग्रहण गर्ने अवस्थामा समाजले महिलालाई आफूभन्दा कम उमेरका बुहारी भित्र्याउने चलन चलाएको हुनसक्छ। यस्तो चलन जंगली अवस्थामा रहेका जात-जातिमा बढी देखिन्थ्यो। त्यसबाहेक प्रभावशाली महिलाले आफूलाई मन परेको युवालाई आफ्नो प्रेम वा यौन साथी बनाएको पनि देखिन्छ।

आधुनिक युगमा भने धेरैजसो देशमा महिलाहरूको उमेर पुरुषको तुलनामा कम भएको पाइन्छ। अमेरिकामा भएको एक अनुसन्धानमा १ दसमलव ३ प्रतिशत महिलाले आफ्नो जीवनसाथी उमेरमा बढी भएको बताएका छन्। अर्थात् करिब ९८ प्रतिशत महिलाले आफूभन्दा पाका पुरुषसँग सम्बन्ध राख्छन्। आफूभन्दा कम उमेरका पुरुष रुचाउने महिलाहरूको उमेर ३० देखि ४० वर्षको हाराहारीमा छ। यस्ता महिलाहरू आफू भन्दा करिब ८ वर्ष कान्छा व्यक्तिसँग सम्बन्ध राख्न रुचाएको देखिन्छ।

पूर्वमा मात्र होइन, पश्चिमका विकसित समाजमा पनि पाका महिलाले कम उमेरका व्यक्तिसँग सम्पर्क राख्नुलाई राम्रो मानिँदैनन्।  यस्ता महिलाहरूलाई समाजले नकारात्मक दृष्टिकोणले हेरेको पाइन्छ। यस्ता महिलाहरूलाई अपहेलनाको शब्द 'काउजर' -अबगनबच) भनिन्छ। हलिउडमा यही विषयसँग सम्बन्धित चलचित्र 'ग्राजुएट' बनेको थियो, जसमा एउटी महिलाले आफ्नो श्रीमान्को साथीको छोरासँग यौनसम्बन्ध राख्छिन्। उक्त चलचित्र त्यो बेला निकै हिट भयो। चलचित्रमा महिला चरित्रको नाम मिसेज रविन्सन थियो। अहिले पनि अमेरिकातिर यदि कुनै महिलाले आफूभन्दा कम उमेरका पुरुषसँग सम्बन्ध राखेको भेटिए उनलाई 'मिसेज रविन्सन' भनेर सम्बोधन गरिन्छ। यसले के बुझाउँछ भने पूर्व-पश्चिम दुवै समाजले आफू समानका पुरुष साथी बनाउँदा हौसला दिए पनि निकै कम उमेरका पुरुष साथी बनाउन अस्वीकार गर्दै आएको छ। त्यसैले पनि धेरैजसो महिला आफूभन्दा कम उमेरका पुरुष साथी बनाउने इच्छा हुँदाहुँदै पनि समान वा आफूभन्दा बढी उमेरका पुरुषसँग सम्बन्ध राख्छन्।

यो त भयो महिलाको दृष्टिकोणबाट यो सम्बन्धलाई हेर्ने शैली। अब तपाईंको प्रश्नतर्फ आउ“m। तपाईंका तीनवटा सम्बन्ध आफूभन्दा बढी उमेरका महिलासँग भएको देखिन्छ। त्यसमा पहिलो सम्बन्ध महिलाले आफ्नै प्रयासमा अघि बढाएकी थिइन् भने बाँकी दुई घटनामा कसको प्रयास थियो, स्पष्ट छैन। यसमा दुवैको प्रयास पनि हुनसक्छ। पुरुषले पाका महिला छान्नुपर्ने कारणको पर्याप्त अध्ययन भएको पाइँदैन। तैपनि जति भएका छन् त्यसबाट दुई-तीन तथ्य बाहिर आएका छन्। पहिलो कारण त सामाजिक बाध्यता हो, जुन माथि उल्लेख भैसकेको छ।

केही पुरुष आमाको माया नपाएको अवस्थामा वा अनुभवी महिलाको संगत गर्न चाहने मनोभावका कारण यस्तो घटना हुन पुग्छ। यदि पाका महिलासँग कुनै स्वार्थ नभई यस्ता सम्बन्ध हुन्छन् भने त्यस्ता युवाहरू यौनमा अनुभवी महिलाहरूको चाहना राख्छन् भन्ने बुझिन्छ। आफू समानका युवतीहरूमा अनुभवको कमी, सम्बन्ध राख्न बढि मेहनत गर्नुपर्ने अवस्था एवं आर्थिक भार जस्ता कुराले ध्यान आकषिर्त गरिरहेको  हुन्छ।

तीन-तीन पटक आफूभन्दा पाका महिलासँग संगत हुनु संयोग मात्र  होइन, यसमा तपाईंको मनोभाव पनि गाँसिएको देखिन्छ। तपाईंकी आमाको अवस्था यो प्रश्नमा स्पष्ट छैन। आमाको मायाको कमीले पनि पाका महिलाप्रति आकर्षक हुन सकिन्छ। बाहिरबाट काठमाडौंमा आएका कारण आर्थिक सहजताका लागि पनि यस्ता घटना हुन सक्छन्। किनभने काठमाडौंमा गर्लफ्रेन्ड आफैंमा महंगो सौख हो। एकपल्ट यस्तो घटना किन हुन गयो भनेर आफैंले विश्लेषण गर्नुभयो भने कारण पत्ता लगाउन सक्नुहुन्छ। सहजताका लागि मनोविज्ञसँग पनि सम्पर्क गर्न सकिन्छ। यति हुँदा-हुँदा पनि यस्ता घटनाले तपाईंको जीवन हानि पुर्‍याएको छैन वा भविष्यमा हानि देख्नुहुन्न भने चिन्ता गर्नुपर्ने अवस्था छैन। 
- साभार : साप्ताहिक

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!