४८ किमी, हेलिकप्टर र दाहाल (फोटो फिचर )
(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)
|
![]() |

पाँचखालस्थित नेपाली सेनाको विरेन्द्र सैनिक तालिम केन्द्रमा अवतरण गर्ने कार्यक्रम भएपनि “राजनैतिक कार्यक्रम भएकाले सेनाले आफ्नो हेलिप्याड प्रयोग गर्न नमिल्ने” बताएकाले कार्यक्रम स्थल नजिकैको फुटवल मैदानमा नै ल्याण्ड गरिएको एमाओवादीका एक नेताले बताए । पाँचखाल लगत्तै उनको दोलखामा पनि चुनावी कार्यक्रम छ ।
संवोधनकै क्रममा दाहालले आफुलाई “समयको दवाव भएको बताएका थिए । बायुसेवा सञ्चालक संघका अनुसार, हेलिकप्टर प्रयोग गरेको प्रतिघण्टाको दररेट १ लाख ५७ हजार हो ।
उनी सहभागी हुने सभालाई विथोल्न नेकपा–माओवादी सहितका ३३ दलीय मोर्चाले काभ्रे, सिन्धुपाल्चोक, रामेछाप र दोलखा जिल्ला बन्दको आव्हान गरेका थिए । नेकपा–माओवादीका कार्यकर्ताले पाँचखालको केराघारीमा रुख ढालेर र मोविल पोखेर अवरोध प्रयास गरेका थिए । स्थानीय प्रशासनको निर्देशनमा सुरक्षा निकायले अवरोध हटाएको थियो । बन्दको आंशिक असर मात्रै परेको थियो ।
प्रमुख ४ दलका शिर्ष नेता सहभागी हुने कार्यक्रमलाई अवरोध गर्ने नीति अनुरुप बन्दको आयोजना गरिएको नेकपा माओवादीले विज्ञप्ती जारी गरी जनाएको छ । कार्यक्रमलाई संवोधन गर्दै दाहालले एमाओवादीको त्यागको कारणले दोस्रो संविधानसभाको चुनाव हुन लागेको तर्क गरे ।
|
|
![]() |
0 comments
Write Down Your Responses