Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
पुलिसको नाकमा चुम्बन गर्दा आमैलाई आपत्

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)


उमेर बुढो भएपनि मन बुढो हुन्न भन्ने उखानै छ । यो दुनियाका मान्छेले बुढो तन हुँदाहुँदै पनि रंगीला काम नगर्दा हुन् त यस्तो उखानै बन्ने थिएन होला । अझ बिजुली पानीको नशा चढेपछि त के चाहियो र ? अमेरिकाकी एक ६२ वर्षकी हजुरआमाले पनि यो कुराको पुष्टि गरेकी छिन् ।

३ बिस उमेर काटेकी ती महिलाले रक्सीको नशामा लटि्ठएर एक जना प्रहरीलाई चुम्बन गरिन्, त्यो पनि नाकमै । अमेरिकाको फ्लोरिडामा भएको यो घटनामा पेग्गी हिल नामकी महिला इच्छा विपरित पुलिसको नाकमा चुम्बन गरेको आरोपमा पक्राउ समेत परिन् ।

छिमेकीसँग झगडा परेपछि त्यो झगडा मिलाउन प्रहरी ती महिलाको घरमा पुगेको थियो । झगडा मिल्यो र दुइ घरको बीचमा तारबार लगाउने सहमती भयो । पुलिस आउनुअघि नै रक्सी धोकेकी ती महिलाले छिमेकीसँग सहमती भएको खुसीयालीमा त्यहाँ उपस्थित एक जना पुरुष प्रहरीको नाकमै किस गरिन् ।

विचरा ती पुलिस लाजले रातो हँुदै आफ्नो नाकमा लागेको बुढीआमैको र्याल पुछ्न थाले अनि माथिको आदेश मुताविक ती महिलालाई हतकडी लगाइहाले ।

प्रहरीको नाकमा चुम्बन गरेको अभियोगमा ती महिलालाई जुलाई १९ मा अदालतमा उपस्थित गराइनेछ ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!