Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
बेलातमा बलात्कार पछि नेपाली चेलीको हत्या

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

 बेलायतको रेडिङ सरहर नजिकै बस्दै आएकी एक नेपाली महिलाको बलात्कार पछि हत्या भएको सार्वजनिक भएको छ। पाँचथर जिल्ला थर्पु गाउ विकास समिति ६ स्थाई घर भएकी कृणमाया माबोको बेलायतको रेडिङ सहर छेउको आर्वरफिल्डमा बलात्कार पछि हत्या भएको सार्वजनिक भएको हो । रातको समयमा बाहिर निस्किएकी माबोको बलत्कार पछि हत्या भएको त्यहाँको प्रहरीले जनाएको छ । माबो आइतबार साँझ ६ बजे बाहिर निस्किएपछि मध्यरातसम्म समेत निवासमा नफिर्किपछि उनका शुभचिन्तकले उनको खोजी गर्दै त्यहाँको प्रहरीलाई जनाकारी गराएका थिए । प्रहरीको अनुसन्धान पछि उनी बस्दै आएको स्थानबाट करिब दुई माइल टाढा गहुँबारीमा सोमबार दिउसो प्रहरीले माबोको शव फेला पारेको थियो । त्यहाँको प्रहरी माबोको खोजीका लागि तालिम प्राप्त कुकुर र हेलिकप्टरका सहयोगमा रातभर खटेको थियो । रातभरमा समेत माबोलाई काही नभेटेपछि प्रहरीले सोमबार दिउसो समेत खोजी जारी राखेको थियो । त्यही क्रममा दिउसो मात्र प्रहरीले उनको शव फेला पारेको थियो । सोमबार दिउसो एक बजे माबोको शव प्रहरीले फेला पारेको जानकारी उनका श्रीमान ठलुमान माबोले दिएका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानले माबोको बलात्कार पछि हत्या भएको निष्कर्ष निकालेको छ । कृष्णमायाको शव त्यहाँको एक स्थानिय अस्पतालमा राखिएको छ । एक छोरा र दुई छोरीकी आमा कृष्णमाया १२ वर्ष अघिदेखि बेलायतमा बस्दै आएकी थिइन् । उनका श्रीमान बेलायत आर्मी हुन् । बेलायतको प्रहरीले माबोको हत्यामा संलग्न भएको अरोपामा एक तीस वर्षीय युवकलाई पक्राउ गरेको छ ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!