दुई कोरियाबीच तत्काल युद्ध हुँदैन : नेपाली दूतावास
(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)
|
सोल, चैत्र २३ - सोलस्थित नेपालीदूतावासले उत्तर र दक्षिण कोरिया तत्काल युद्ध गर्ने स्थितिमा नरहेको दाबी गर्दै नेपाली समुदायलाई भयमुक्त रहन आग्रह गरेको छ ।
‘दक्षिण कोरियाली नागरिकहरुको जनजीवन सुचारु रुपले सञ्चालन भइरहेकाले नेपाली समुदाय त्रसित हुने स्थिति छैन’, शुक्रबार जारी सूचनामा जनाइएको छ । कोरिलायी शक्तिबीच कलह बढ्दै गएपछि यहाँ रहेका नेपालीहरुले युद्धको संभाब्यताबारे बुझ्ने गरेको जनाउँदै दूतावासले बिशेष सूचनामार्फत् प्राप्त जानकारी अनुसार युद्धको स्थिति नरहेको जनाएको हो ।
दुवै कोरियाबीच चेतावनीयुक्त आरोप प्रत्यारोप चलिरहेकाले परिस्थितिको मूल्यांकन गरेर नेपाली समुदायलाई जानकारी दिइने पनि सुचनामा उल्लेख छ ।

0 comments
Write Down Your Responses