भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्
तपाईँ पुरूष हुनुहुन्छ र प्रेमको बहानामा एक भन्दा बढी महिलासँग यौनसम्पर्क राखिरहनु भएको छ, नठान्नुस् मैले मात्र प्रेमिकालाई ढाँटिरहेको छु। कहिले सापटी र सपिङ्गको बहानामा आर्थिक फाइदा लिइरहने त्यस्ता महिला यौनकर्मी पनि हुनसक्छिन्। स्वास्थ्य सेवा विभाग राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रले गरेको सर्वेक्षणले थुपै यूवती एवं अधवैसे महिला एकभन्दा बढी पुरूषसँग प्रेमीकाको रूपमा यौन व्यवसाय चलाइरहेका छन्। ‘अधिकांश यौनकर्मीहरू कुनै हिसाबले नजिकिन्छन् र यौन साथी बन्छन् र विभिन्न बहानामा पैसा लिन्छन्,’ केन्द्रका निर्देशक डा.कृष्णकुमार राईले भने। प्रहरीले सक्रियता देखाउने नाममा यौनकर्मीका अखडामा छापा मार्ने र आर्थिक र शारीरिक शोषण गर्ने भएपछि उनी आफूलाई नाम चलेका अफिसा स्टाफ एवं कुनै कलेजको विद्यार्थी भन्छन्। ‘यौन पेशा गरेको भन्न आधारमा मात्रै होइन्, कण्डम बोकेको भरमा समेत प्रहरीले समात्ने गर्छ ‘ राई भन्छन्।
राईका अनुसार यौन रोग नियन्त्रणका दृष्टिले यौनकर्म नियन्त्रण गर्न प्रहरीको यो प्रयासले नकारात्मक असर पारिरहेका छ। ‘एचआइभी तथा यौन रोग नियन्त्रणका लागि स्वास्थ्य मातहतका निकाय निशुल्क कण्डम बाँड्छन्’ राई भन्छन्, ‘त्यही कण्डम बोकेको आधारमा प्रहरी समात्छ, त्यसैले अधिकांश यौनकर्मीले यो बाटो रोजेका हुन्।’ यौनकर्मीका क्षेत्रमा काम गर्ने संस्था जागृतिकी कार्यक्रम व्यवस्थापक श्रुति कार्कीका अनुसार यौनकर्मी महिलाले पहिचान खुलाएमा धेरै दुःख पाउने भएकोले पनि उनीहरू छलछाम गर्न हैन कतिपय धेरै अवस्थामा असुरक्षित यौनसम्पर्कका लागि वाध्य हुन्छन्। ‘हामीसँग यौनकर्मी दिदी बहिनीहरूले भने अनुसार प्रहरीले लग्यो भने, पैसा नदिइ यौनसम्पर्क पनि राख्छ, भएको पैसा पनि लिन्छ र केही दिन हिरासतमा समेत राख्छन ‘ कार्कीले भनिन्।
निर्देशक राईका सर्वेक्षणका क्रममा यौनकर्मी महिलाले बताएअनुसार प्रहरीले समेत उनीहरूसित कण्डम बिना यौनसम्पर्क राख्छन्। जागृतीको तथ्यांक अनुसार काठमाडौंमा मात्र पचास हजारको हाराहारीमा यौनकर्मी महिला र चार लाख भन्दा बढी यौनकर्मी महिलाका पुरुष ग्राहक छन्। ग्राहकको तुलनामा महिला यौनकर्मीको संख्या न्युन रहेकाले एकजना महिलाले छ सात जना पुरुषसँग यौनसम्पर्क राख्नु पर्ने अवस्था छ। ‘फरक फरक पुरूषसँग जाँदा उनीहरू पहिचान फरक बनेको हुन्छ।’ राईले भने, ‘इमेल, इन्टरनेट, सहरी व्यापारिक केन्द्र, मलको अवधारणाले उनीहरू ग्राहक खोज्न सजिलो भएको छ।
यसरी छद्म परिचय बोकेका महिलाले प्रेमको नाटक गरेरै व्यापार गरिरहेका हुन्छन्। यस्ता महिलाले एक हप्तामा ४० जनासँगसम्म यौन सम्पर्क राख्ने गरेको पाइएको राइले बताए। उनीहरूको जीवनशैली समेत हाइफाई हुने गरेको विज्ञहरू बताउँछन्। ‘अधिकांश यौनकर्मीलाई विना कण्डम यौनसम्पर्क राख्न हुदैन् भन्ने कुरा राम्ररी थाहा छ ‘ तर पहिचान खुलाउँन र म यौनकर्मी हुँ भन्न सक्दैनन्।’ राई कानूनी रूपमा खुल्ला नगरेपनि सार्वजनिक ठाउँमा समाजिक व्यवस्था नविगारेसम्म प्रहरी मौन बस्नुपर्छ। बोकेर हिड्न नपाइने भएपछि भनेको समयमा उपलब्धता नहुने र जसले गर्दा असुक्षित यौनसम्पर्क गर्नुपरेको सर्वेक्षण्का क्रममा यौनकर्मीहरूले बताउँने गरेका छन्। सर्वेक्षणले पहिचान खुलाएर हिड्ने यौनकर्मी महिलाका अनुसार कण्डम लगाउँन नमान्नेमा अधवैशे अधिक रहेको समेत देखाएको छ। सर्वेक्षणले काठमाडौका ५१ प्रतिशत यौनकर्मी महिलाले मात्रै यौनसम्पर्कको समयमा कण्डम लगाउँने गरेको देखाएको छ।
जनस्वास्थ्यको सिद्धान्त अनुसार स्वास्थ्य समस्य समाधानका लागि यौन रोग नियन्त्रणको लागि यौन व्यावसाय व्वस्थित गर्नुको विकल्प नभएको एड्स तथा यौन रोग नियन्त्रण बोर्डका उपाध्यक्ष डा.श्यामसुन्दर मिश्रको भनाई छ। द्धन्द्ध, सहरी बेरोजगारी, लैहलैइ जस्ता कारणले यौन व्यावसाय बढीरहेको छ। ‘थाइल्याण्डमा राष्ट्रिय आयको ६ प्रतिशत यौन व्यवसायले ओगट्छ ।’ डा.मिश्रले भने, त्यहाँ यौनकर्मी हो र कण्डम बोक्दैन् भने समात्छ हामी बोके समातिन्छ।’ उनले भने। यसले रोग नियन्त्रणमा अवरोध गरेको उनी बताउँछन्। यौन व्यवसायलाई कानूनी मान्यता नपाउदासम्म एचआईभीको संक्रमण नघटने यौनकर्मिहरुको दावी छ।
केन्द्रका अनुसार यौनरोग संक्रमित मध्ये ७५ प्रतिशत भन्दा बढी असुरक्षित यौन सम्पर्कका कारण भएको छ। एचआईभी र एड्सको क्षेत्रमा कार्यरत संस्थाहरुको आकडा अनुसार काठमाडौंमा करिव एक हजारभन्दा बढी महिला यौनकर्मी भारतका बिभिन्न सहरमा यौनपेसामा संलग्न भएर फर्केका हुन्। उनीहरु मध्ये अधिकांश एचआईभी संक्रमित छन। एचआईभी संक्रमित यौनकर्मीसँग उनीहरुले कण्डम लगाएर मात्र सम्पर्क राख्न चाहादाँ चाहादै पनि यस्ता अवरोधले रोगको खतरा बढाइरहेको छ।
भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्
प्रहरीले होटल र गेस्ट हाउसहरूमा छापा मारी ४ जोडीलाई नियन्त्रणमा लिएको छ ।
दमक आसपास क्षेत्रका होटल तथा गेष्ट हाउसहरूमा बढ्दै गएको वेश्यावृत्तिलाई नियन्त्रण गर्न प्रहरीले बुधबार दमकका होटल र लजमा छापा मारी ४ जोडीलाई नियन्त्रण लिएको हो ।
समातिएका जोडीहरूमाथि अनुसन्धान भइरहेको प्रहरी बताएको छ । दमकको प्रिन्स होटल, ढावा होटललगायतका होटल तथा गेस्ट हाउसहरूबाट ती जोडी पक्राउ प¬रेका हुन् । ¬
प्रहरीले होटल र गेस्ट हाउसहरूमा छापा मारी ४ जोडीलाई नियन्त्रणमा लिएको छ ।
दमक आसपास क्षेत्रका होटल तथा गेष्ट हाउसहरूमा बढ्दै गएको वेश्यावृत्तिलाई नियन्त्रण गर्न प्रहरीले बुधबार दमकका होटल र लजमा छापा मारी ४ जोडीलाई नियन्त्रण लिएको हो ।
समातिएका जोडीहरूमाथि अनुसन्धान भइरहेको प्रहरी बताएको छ । दमकको प्रिन्स होटल, ढावा होटललगायतका होटल तथा गेस्ट हाउसहरूबाट ती जोडी पक्राउ प¬रेका हुन् । ¬
भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्
केहि दिन अघि हामीले आफ्नै ८ महिने छोरोलाई स्तनपानका बेला टोकेको भन्दै अनुहार भरि कैचि रोपेको खबर पेश गरेका थियौँ । त्यो घटनाको एक हप्ता पनि नबित्दै फेरि पनि यस्तै दर्दनाक घटना बाहिर आएको छ ।अमेरिकाको दक्षिण पुर्वी ह्युस्टनको एक होटलमा एक दम्पतिले आफ्नै छोरीको हात खुट्टा काटी पकाएर खाएका छन । ईन्फोमेशन नाईजेरियामा प्रकाशित समाचार अनुसार दक्षिणी ह्युस्टनको एक होटलमा १४ महिने बालिकालाई उसकी आमा र आमाको ब्यायफ्रेन्ड मिलेर काटकुट पारेको बताईएको छ ।
कोठामा बालिकाको शरिरको हड्डि टुक्रा टुक्रा अवस्थामा भेटिएको थियो, बालिकाको हात, खुट्टा समेत टुक्रा र आँखा समेत फोडिएको थियो । घटना स्थलमा बालिकाकी हज’रआमा पुगेपछि घटना बाहिर आएको थियो । हजुरआमा होटल पुग्दा बालिका जिवन–मरणको दोसाधमा थिईन भने उनकी आमा र आमीकी ब्यायफ्रेन्ड त्यहि थिए ।
बालिकालाई उपचारका लागी अस्पताल पु¥याएपनि अवस्था नाजुक रहेकाले बालिका बाचिनन् । हजुआमाले प्रहरीलाई फोन गरेर सबै बताई दिईन । अहिले ति क्रुरुर आमा र उनको ब्यायफ्रेन्डलाई प्रहरी पक्राउ गरिसकेको छ ।
असार । नवजात शिशुलाई मारेको अभियोगमा साङला–९ डेरा गरी बस्ने मकवानपुर जिल्ला बज्रबराही–२ घर भएका २६ बर्षीय राजकुमार श्रेष्ठ र उनको २० बर्षीया श्रीमती शलिना श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले असार २७ गते राति १४ दिनको नवजात शिशुलाई कर्तव्य गरी मारेको भन्ने खबर असार २८ गते ४ बजे महानगरीय प्रहरी बृत्त बालाजुमा प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरी नवजात शिशुको लास जाँच मुचुल्का कार्य सम्पन्न गरी पोष्टमार्टमको लागि शिक्षण अस्पताल महाराजंगमा पठाइएको थियो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस्
मोरङ सिवनी, जेहदा–८ का भरत ऋषिदेवले आफ्नी १२ वर्षीया छोरीलाई डेढ महिनादेखि लगातार बलात्कार गर्दै आएको खुलासा भएको छ। प्रहरीले उनलाई शुक्रबार पक्राउ गरेपछि कसैलाई भने ज्यान लिने धम्की दिएर झड्केली छोरीको बलात्कार गर्दै आएको खुलासा भएको हो । स्थानीयको उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । २८ वर्षीय भरतको घरबाट प्रहरीले गर्भनिरोधक औषधि निलोकन ह्वाइट पनि बरामद गरेको छ। पहिली श्रीमतीले छाडेपछि उनले एक छोरी भएकी सालीसँग विवाह गरेका थिए । दोस्री श्रीमती एक वर्षदेखि वैदेशिक रोजगारीका लागि साउदी अरेविया छिन् । उनका अन्य तीन साना छोराछोरी पनि छन् । श्रीमतीलाई वैदेशिक रोजगारीमा पठाएपछि यौनप्यास मेटाउन झड्केली छोरी बलात्कार गर्ने गरेको देखिएको प्रहरीले जनाएको छ। शंका लागेर चियो गर्ने क्रममा भरतकी भाइबुहारीले बलात्कार भएको थाहा पाएका थिए । उनले आफ्ना श्रीमान छारतलाई सुनाएपछि गाउँलेको सहयोगमा उनले प्रहरी चौकी पोखरियामा उजुरी गरेका थिए । हाल इलाका प्रहरी रंगेलीको हिरासतमा रहेका भरतले छोरीलाई बलात्कार गर्ने गरेको स्वीकार गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले बताए । उनलाई हाडनाता करणीमा मुद्दा चलाउने तयारी भएको काफ्लेले जानकारी दिए । उनले भने– छोरीको उपचार र कानुनी चिकित्सा जाँचका लागि पठाएको छौ, रिपोर्ट आएपछि अन्य प्रक्रिया अघि बढ्छ । गत फागुनमा मोरङकै केराबारी–९ मा पनि बाबुले १२ वर्षीया छोरीलाई लामो समयदेखि बलात्कार गर्ने गरेको खुलासा भएको थियो । ४७ वर्षीय नीलकण्ठ भनिने गणेश दाहालले पटकपटक छोरी बलात्कार गरेको खुलेको थियो । उनले कहिले घरमा छोरी एक्लै भएको बेला त कहिले जंगलमा लगेर करणी गरेका थिए । उनलाई पनि छिमेकीले नै थाहा पाएर प्रहरीमा बुझाएका थिए ।
असार २६ । ज्ञानेन्द्रका छोरा पूर्वयुवराज पारस शाह बेलाबेलामा नेपाली सर्वसाधरणमाथि दुर्व्यबहार गरेर चर्चामा आइरहने गर्छन् । उनले हृदयघातपछि पुनःजन्म लिएर बाँचे पछि पनि एक नेपालीमाथि फेरि त्यस्तै दादागिरी देखाएका छन् |
यति साह्रो बिरामी भएर निको हुँदा धेरैले अब पारस सुध्रिएलान् र उनले राम्रो गर्लान् भन्ने सोचेका थिए । तर उनले होटल डेल अन्नपूर्णका साहु कपिल राणालाई दुर्व्यवहार गरी फेरि सबैलाई अचम्म पारेका छन् ।
बिरामी छँदा नबाँच्ने आशामा वेवास्ता गर्नेको सुचीमा कपिल पनि रहेछन् । पुनस्थापना केन्द्रमा भेट्न गएको बेला पारसले कपिललाई अप्ठ्यारो पर्दा काम लागेनौँ अहिले ठिक पार्न आउँछौँ भन्दै दुर्व्यवहार गरेको बताइएको छ ।
भिडियो हेर्नुहोस्
राजा त्रिभुवनका छोरा बसुन्धरतातर्फको सम्पत्ति अपुताली परेर कपिलले अन्नपूर्ण हत्याएको र महेन्द्रको खलकले त्यसको हिस्सेदारी दाबी गरिरहेको पुरानै झगडाको कारण हो वा अरु नै कारण पारस र कपिलको सम्बन्ध तनावपूर्ण रहेको उल्लेख छ ।
पारसको राम धुलाई खाएर हाल काठमाडौँ फर्किसकेका कपिलले कोहीसँग पनि यस बारे खुलेर बताएका छैनन् ।
यति साह्रो बिरामी भएर निको हुँदा धेरैले अब पारस सुध्रिएलान् र उनले राम्रो गर्लान् भन्ने सोचेका थिए । तर उनले होटल डेल अन्नपूर्णका साहु कपिल राणालाई दुर्व्यवहार गरी फेरि सबैलाई अचम्म पारेका छन् ।
बिरामी छँदा नबाँच्ने आशामा वेवास्ता गर्नेको सुचीमा कपिल पनि रहेछन् । पुनस्थापना केन्द्रमा भेट्न गएको बेला पारसले कपिललाई अप्ठ्यारो पर्दा काम लागेनौँ अहिले ठिक पार्न आउँछौँ भन्दै दुर्व्यवहार गरेको बताइएको छ ।
भिडियो हेर्नुहोस्
राजा त्रिभुवनका छोरा बसुन्धरतातर्फको सम्पत्ति अपुताली परेर कपिलले अन्नपूर्ण हत्याएको र महेन्द्रको खलकले त्यसको हिस्सेदारी दाबी गरिरहेको पुरानै झगडाको कारण हो वा अरु नै कारण पारस र कपिलको सम्बन्ध तनावपूर्ण रहेको उल्लेख छ ।
पारसको राम धुलाई खाएर हाल काठमाडौँ फर्किसकेका कपिलले कोहीसँग पनि यस बारे खुलेर बताएका छैनन् ।
आफ्नो सन्तान त आमाहरुका लागि आफ्नो मुटुभन्दा पनि प्यारो हुन्छ भनिन्छ । तर भनेर के गर्नु ? सबै आमाहरु त्यस्ता नहुँदा रहेछन् । चीनमा एक निर्दयी आमाले आफ्नो ८ महिने छोराको अनुहार कैँचीले चटाचट काटिदिएकी छिन् ।
उनले आफ्नो छोरामाथि यस्तो नृसंस व्यवहार गर्नुको कारण छोराले कुनै ठूलो अपराध गरेर होइन । विचरा त्यो अबोध बालकले दुध चुस्दा आमाको स्तनको मुन्टु टोकिदिएछ । बच्चाले दुध चुस्दा आमाको स्तन दुख्ने गरी टोक्नु कुनै नौलो कुरा होइन । तर ती निर्दयी आमा बिचरा अवोध छोराको त्यो टोकाइमाथि यसरी खनिइन् की उसको अनुहार तथा सरीरका विभिन्न भागमा ९० पटक कैँचीले चटाचट काटिदिइन् ।
छोरालाई काटेर ती आमा त्यहाँबाट हिँडिन् । धन्न त्यो बच्चाको काकाले समयमै घाइते बच्चालाई देखेर अस्पताल पूराएपछि बच्चाको ज्यान जोगियो । काकाले देख्दा त्यो बच्चा रगतको आहालमा डुबेको थियो ।
चीनको जिंगसु प्रान्तस्थित जुझोउ क्षेत्रमा यो घटना भएको हो । आमाको राक्षसी व्यवहार भोग्ने त्यो बच्चाको नाम जिआओ बाओ हो ।
ती महिलालाई पछि पक्राउ गरियो र उनले बच्चाले आफ्नो दुध चुस्ता टोकेका कारण रिस उठेर उसलाई कैँचीले काटेको स्विकार गरेकी छिन् ।
त्यो बच्चाको सरीरमा लागेका घाउमा १ सय टाँका लगाइएको छ र त्यो बच्चाको स्वास्थ्य अवस्था अहिले सुधार हुने क्रममा रहेको छ । स्थानीय बासिन्दाहरुले बच्चा निको भएपछि असुरक्षित हुने भन्दै उसलाई संरक्षण दिन स्थानीय प्रशासन सँग आग्रह गरेपनि स्थानीय प्रशासनले त्यो बच्चासँगै उसका दुइ काका पनि बस्ने भएकाले ऊ अब सुरक्षित हुने दाबी गर्दै बच्चा ग्रहण गर्न अस्विकार गरेको छ ।
ती महिलामा मानसिक समस्या भएको भनिएपनि पुष्टि भएको छैन । स्मरण रहोस् चिनिया युवायुवतीहरुमा मानसिक समस्या बढ्दै गएको र मानसिक समस्या भएकामध्ये ९१ प्रतिशतले स्वास्थ्य उपचार नगराउने गरेका एक अध्ययनले देखाएको छ ।
भिडियो हेर्नुहोस्
दाङको तुलसीपुरमा एक किशोरीमिाथि सामूहिक बलात्कार भएको छ । तुलसीपुर नगरपालिका–५ नयाँ बसपार्कमा ४ जना युवाले पवननगर–९ की १६ वर्षीया किशोरीलाई बलात्कार गरेको पीडितलाई उदृत गर्दै प्रहरीले जनाएको छ । गएराती साढे १ बजे वसपार्कको नजिकैको दक्षिण तर्फको ग्यारेजमा लगेर ४ जना युवाले आपूmमाथि जबर्जस्ती गरेको पीडित किशोरीले बताएको पनि प्रहरीले बताएको छ ।
किशोरीमाथि सामूहिक बलात्कार गर्ने क्रममा हो–हल्ला गरिहेका चारै जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा प्युठान खलङ्गा–१ का १८ बर्षीय बिनोद केसी, सल्यान थारमारे–६ का २२ बर्षीय युवराज डाँगी, सोही ठाउँका २१ वर्षीय चन्द्र डाँगी र सल्यान फलाबाङका २० वर्षीय अर्जुन योगी रहेको प्रहरीले बताएको छ ।
भिडियो हेर्नुहोस्
किशोरीमाथि सामूहिक बलात्कार गर्ने क्रममा हो–हल्ला गरिहेका चारै जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा प्युठान खलङ्गा–१ का १८ बर्षीय बिनोद केसी, सल्यान थारमारे–६ का २२ बर्षीय युवराज डाँगी, सोही ठाउँका २१ वर्षीय चन्द्र डाँगी र सल्यान फलाबाङका २० वर्षीय अर्जुन योगी रहेको प्रहरीले बताएको छ ।
भिडियो हेर्नुहोस्
आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा संखुवासभा खोरण्डेका पासाङगम्बु शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।
ज्यान मार्ने धम्की दिँदै ६ वर्षदेखि बाबुले बलात्कार गरेको उजुरी छोरीले दिएपछि ४५ वर्षीय शेर्पालाई प्रहरीले पक्राउ गरेको हो । आमाको ६ वर्ष अगाडि मृत्यु भएको र मृत्युपछि ११ वर्षको उमेरदेखि ज्यान मार्ने धम्की दिँदै बलात्कार गरेको पीडितले बताएकी छिन् ।
फुपुले साथ दिएपछि प्रहरीसमक्ष पुगेकी उनले ६ वर्षदेखि आफू बलात्कृत हुँदै आएको र २ वर्षदेखि भने गर्भनिरोधक औषधी खुवाएर यौनशोषण गर्ने गरेको बताइन् ।
दीदीङ–५ आहालेबाट खाँदबारीको खोरण्डे गाउँमा आएर बस्ने पासाङ शेर्पाले जेठी श्रीमतीको मृत्यु भएपछि दोस्रो बिहे गरेका थिए ।
दोस्रीले पनि आत्महत्या गरेपछि तेस्री श्रीमती विवाह गरेका उनले श्रीमती र घरमा कोही नभएको मौका छोपेर बलात्कार गर्ने गरेको थियो ।
पीडितको जाहेरीपछि प्रहरीले शेर्पालाई पक्राउ गरेर हाडनाता र जर्वजस्ती करणीअन्तर्गत मुद्दा दर्ता गरेको प्रहरी नायव उपरीक्षक रुपम लामाले हामीलाई बताए ।
भिडियो हेर्नुहोस्
जनकपुर । धनुषाको रमदैया गाविसस्थित राजदेवी मन्दिरका पुजारीले झारफुक गर्ने बाहानामा बालिकालाई बलात्कार गरेको रहस्य खुलेको छ । मन्दिरका पुजारी ४५ बर्षका रामपुकार यादबले १३ बर्षकी एक बालिकालाई बलात्कार गरेको खुलासा भएको हो ।
असार १८ गते भएको घटना दुईदिन पछि बिहीबारमात्र सार्वजनिक भएको हो । स्थानीय सपही गाविस-४ बस्ने ती बालिकालाई पेट दुखेपछि झारफुकका लागि सो मन्दिरका पुजारीकहाँ उनकी आमाले पुर्याएको र पुजारीले आमालाई झारफुकका लागि सामान किन्न पठाएर बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।
पछि झारफुकको सामान लिएर त्यहाँ आएपछि घटनाबारे आमाले थाहा पाएर होहल्ला गरेपछि पुजारी भागेका थिए । गम्भीर अवस्थामा बालिकालाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक गोविन्द पुरीले जानकारी दिनुभयो ।
आक्रोसित स्थानीयवासीले पुजारी यादवले झारफुकको नाममा पटकपटक यस्तो कार्य गर्दै आएकाले पुजारीलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।
फरार पुजारीको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्
२० असार, दाङ । आफूले जन्माएको नवजात शिशु झाडीमा फ्याँक्ने आमा फेला परेकी छन् । दाङको हापुर-१ घर भई सोही गाविस-४ पतेनीमा माइतीघरमा बस्दै आएकी २३ वर्षीया दुर्गी बस्नेतले मंगलबार बच्चा जन्माएर सालनालसहित झाडीमा फालेर भागेकी थिइन् ।
शिशुलाई उद्धार गरी आमाको खोजी कार्यमा लागेका गढीटाकुरा महिला सहकारी संस्थाका सदस्यहरुले दुर्गी बस्नेतलाई माइतीको खेत खन्दै गरेको अबस्था पक्राउ गरेका हुन् । आफूमाथि कसैले शंका नगरोस् भनेर माइतीको खेतमा काम गर्न लागेको उनले स्विकार गरेको स्थानीय रुक्मीणा न्यौपानेले जानकारी दिनुभयो । शिशुलाई जन्म दिई फालेको पत्ता लागेपछि उनीहरुले दुर्गीलाई विहीवार प्रहरीको जिम्मा लगाएका छन् ।
दुर्गीका श्रीमान् बमबहादुर बस्नेत २ वर्षदेखि मलेसियामा बस्दै आएको र २०६९ असोजमा नाम थाहा नभएको चितवन घर बताउने व्यक्तिसँगको यौनसम्पर्कबाट गर्भ भई छोरा जन्माएपछि समाजमा अपमानित हुने डरले बच्चा फ्याँकेको बताइकी छिन् ।
यसैवीच जिल्ला बाल कल्याण समितिका अध्यक्ष रविलाल पन्थको अध्यक्षतामा बसेको बाल कल्याण समितिको बैठकले शिशुलाई आमाको जिम्मा लगाई तत्काल उपक्षेत्रीय अस्पतालमा राखी उपचार गराई राखेको छ । बैठकले थप व्यवस्थापनका लागि पुनः पहल गर्ने निर्णय गरेको छ ।
यस्तै असार १४ मा दाङकै देउखुरीस्थित कुलपानी सामुदायिक वनमा भेटिएका अन्दाजी साढे दुई वर्षका शिशुलाई अहिले कसैले खोजतलास गरेको छैन । घाँस काट्न गएकाहरुले रोइरहेको अवस्थामा फेलापारी शसस्त्र प्रहरीको जिम्मा लगाएका थिए । तर सवैतिर खबर गरेपनि उक्त बालकलाई लिन कोही नआएको ज्वालामाई गणका गणपति मानबहादुर रजालीले जानकारी दिनुभयो ।
भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस् !
असार, हेटौंडा । हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा १२ कक्षामा अध्ययन गरिरहेकी मकवानपुरको भीमफेदी गाविसका एक किशोरी आफ्नै साथीहरुबाट सामूहिक बलात्कारको सिकार भएकी छन् ।
सँगै सिनेमा हेर्न गएका दुई युवाले खाजाखाने क्रममा मदिरा सेवन गराएर सामूहिक बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । हेटौंडा १० स्थित नारायणी होटलमा शनिबार राति ९ बजेदेखि १२ बजेसम्म किशोरीमाथि सामूहिक बलात्कार गर्ने पाँचजनालाई प्हरीले पक्राउ गरी आवश्यक अनुसन्धान थालेको छ ।
भीमफेदी-५ की १८ बर्षकी ती किशोरी र उनकी साथी सिद्धार्थ उच्चमावि हेटौंडामा कक्षा १० की छात्रा ओम चलचित्र मन्दिरमा सिनेमा हेर्न गएका थिए । दुवै किशोरीसँगै सिनेमा हेर्न जाने भीमफेदीका विकास स्याङतान र आमभन्ज्याङका होमबहादुर स्याङतानबीच पहिलेदेखि चिनजान थियो । उनीहरु ३-६ को शो हेर्न गएको अन्नपूर्ण पोष्टमा खबर छ ।
असार, हेटौंडा । हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा १२ कक्षामा अध्ययन गरिरहेकी मकवानपुरको भीमफेदी गाविसका एक किशोरी आफ्नै साथीहरुबाट सामूहिक बलात्कारको सिकार भएकी छन् ।
सँगै सिनेमा हेर्न गएका दुई युवाले खाजाखाने क्रममा मदिरा सेवन गराएर सामूहिक बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । हेटौंडा १० स्थित नारायणी होटलमा शनिबार राति ९ बजेदेखि १२ बजेसम्म किशोरीमाथि सामूहिक बलात्कार गर्ने पाँचजनालाई प्हरीले पक्राउ गरी आवश्यक अनुसन्धान थालेको छ ।
भीमफेदी-५ की १८ बर्षकी ती किशोरी र उनकी साथी सिद्धार्थ उच्चमावि हेटौंडामा कक्षा १० की छात्रा ओम चलचित्र मन्दिरमा सिनेमा हेर्न गएका थिए । दुवै किशोरीसँगै सिनेमा हेर्न जाने भीमफेदीका विकास स्याङतान र आमभन्ज्याङका होमबहादुर स्याङतानबीच पहिलेदेखि चिनजान थियो । उनीहरु ३-६ को शो हेर्न गएको अन्नपूर्ण पोष्टमा खबर छ ।
काठमाडौ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालका उदण्ड व्यवहारका कारण उनको परिवार मात्र होइन, प्रचण्डका निकटस्थ व्यक्तिहरू समेत संकटमा पर्न थालेका छन्। पछिल्लोपटक डीएसपीको पोशाक लगाएर नक्कली डीएसपी बनेका प्रकाशका कारण सक्कली
डीएसपीलाई तनाव भएको हो।
प्रकाशले लगाएको डीएसपीको पोशाक प्रचण्डको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका डीएसपी दानबहादुर मल्लको हो। आफ्नो पोशाकको दुरुपयोग गरेको भन्दै डीएसपी मल्ललाई प्रहरी प्रधान कार्यालयले सचेत बनाएको छ।
डीएसपी मल्ल प्रचण्डका विश्वासपात्र हुन्। इन्सपेक्टर हुँदादेखि नै उनी प्रचण्डको सुरक्षामा खटिँदै आएका छन्। तर, प्रकाशले उनको पोशाक लगाएर फोटो खिचेर फेसबुकमा राखेको घटनामा उनले प्रकाशलाई नै दोष दिएका छन्। आफ्नो सहमतिमा नभई कपडा फुकाएर राखेको अवस्थामा प्रकाशले आफ्नो पोशाक लगाएर फोटो खिचेको उनले बताएका छन्।
तनावमा प्रचण्ड परिवार
एमाओवादी अध्यक्ष प्रचण्ड आफ्नो एक मात्र छोराका कारण पटकपटक तनावमा पर्ने गरेका छन्। प्रकाशकै कारण अहिले प्रचण्ड परिवार तनावमा छ। प्रकाशकी माइली श्रीमती सिर्जना त्रिपाठीले एक म्यागजिनलाई अन्तर्वार्ता दिँदै प्रकाश र उनकी आमा सीता दाहालको पोल खोलेपछि प्रचण्ड परिवार पुनः तनावमा परेको हो। प्रचण्डपत्नी सीता दाहालका कारण आफूले घर छाड्नुपरेको उनको भनाइ छ। ‘माओका त पाँचवटा श्रीमती थिए। मेरो छोराले फेरि बिहे गर्यो त के बिग्रियो भनेर मम्मी (सीता दाहाल) मेरो बुबासँग कराउनुभयो। म बाहिरै थिएँ। उहाँ त बुबा(प्रचण्ड) सँगै हिडेको मान्छे। अलिअलि चेन्ज त हुनुपर्यो नि। देश बदल्छु भनेर हिँडेको मान्छेको घरमै त्यस्तो समस्या छ। मम्मीको कुरा सुनेर मलाई अचम्म लाग्यो,’ सिर्जनाले अर्न्तवार्तामा भनेकी छन्।
प्रकाशले आफुलाई विभिन्न बहानामा यातना दिएको उनको भनाइ छ। उनले भनेकी छन्, ‘मलाई त भन्न पनि लाज लाग्छ। प्रकाशको मोबाइलमा यस्तायस्ता फोटो देखेँ। बिनासित खिचेका नाँगा फोटोहरू मैले प्रकाशको मोबाइलमा पाएँ। छाँगाबाट खसेजस्तो भएँ म त। प्राकश सगरमाथा चढ्नुभन्दा अगाडिको कुरा हो यो। प्रकाशको मोबाइलमा रहेका त्यस्ता फोटोहरू मैले मम्मी (सीता दाहाल) र गंगा (प्रकाशकी दीदी) दिदीलाई पनि देखाइदिएँ।’
स्रोतका अनुसार सो अर्न्तवार्तापछि प्रचण्ड र सिर्जनाको परिवारबीच सम्बन्ध सुधार्ने प्रयास भएको छ। सिर्जनासँग प्रकाशको छोरासमेत छ। सोही छोराको विषयलाई लिएर समेत अहिले विवाद भइरहेको छ। प्रचण्डले नातिलाई होस्टेलमा राख्ने र त्यसको खर्च बेहोरिदिने प्रस्ताव त्रिपाठी परिवारलाई राखेका छन्। साथै प्रचण्डले सिर्जनालाई फोन गरेर सो विषयलाई मिडियामा नउचाल्न समेत आग्रह गरेको स्रोत बताउँछ।
एमाओवादी नेता पोष्टबहादुर बोगटीकी छोरी प्रभा बोगटीसँग पहिलो बिहे गरेका प्रकाशले उनीसँग औपचारिक रुपमै सम्बन्ध बिच्छेद गरेपछि पोखराकी सिर्जनासँग करिब पाँच वर्षअघि बिहे गरेका थिए। तर उनीसँगको सम्बन्ध पनि दिगो हुन सकेन। सिर्जनाको पूर्वप्रेमीसँगको सम्बन्धका कारण उनीसँग आफ्नो सम्बन्ध दिगो हुन नसकेको प्रकाशको दाबी छ। हालै एक अनलाइनमार्फत उनले सो कुरा बताएका हुन्। तर, ती पूर्वप्रेमी को हुन् भन्नेबारे भने बताएका छैनन्।
त्यसपछि प्रकाश अखिल क्रान्तिकारीकै एक नेतासँग बिहे गरेकी बीना मगरसँग नजिकिएका हुन्। पहिलेदेखि नै बिनासँग उनको सम्बन्ध भए पनि सगरमाथा आरोहरणको क्रममा उनीहरूका चर्तिकला छताछुल्ल भए। आरोहरणबाट फर्किएपछि उनीहरूको सम्बन्धको हल्ला चलेसँगै दुवै जनाले भागेर बिहे गर्ने निर्णय गरेका थिए। केही समय भारतमा बसेपछि प्रकाश बीनासहित स्वदेश फर्किसकेका छन्। तर, बीनालाई प्रचण्डको लाजिम्पाट दरबारमा भने प्रवेश गराइएको छैन। बीनालाई उनले फ्ल्याटमा राखेको स्रोत बताउँछ। प्रकाश बीनालाई भेट्न हिँड्दा मास्क लगाएर अजय सुमार्गीले किनिदिएको कार लिएर हिँड्ने गर्दछन्।
पश्चिमा मुलुकहरुमा अलिक खुल्ला अनि सम्पन्न भएर पनि होलान् यहाँ भन्दा अलिक फरक किसिमका अध्ययनहरु हुने गर्छन । हाम्रो जस्तो शिक्षा स्वास्थ्य भन्दा पनि यौन, माया लगायत बढी ।
त्यस्तै पछिल्लो समय पनि सेक्सकै विषयमा एक अध्ययन गरिएको छ । जुन अध्ययनले बियर खाने ६० प्रतिशत महिला र पुरुषले पहिलो डेटिङमा नै सेक्स गर्ने उल्लेख गरेको छ ।
बियरको चाख लिने महिलामा क्याजुयल सेक्सको इच्छा हुने अध्ययनमा उल्लेख छ । उक्त महिलाको हकमा मात्रै नभएर पुरुषमा पनि उस्तै रहने पनि बताइएको छ ।
महिलाको सेक्स प्रतिको चाहना ३० वर्षसम्म अत्याधिक बढ्ने र ३० वर्षको उमेरपछि त्यस्तै अनुपातमा घट्ने पनि बताइएको छ ।
यो विषयमा तपाईको धारणा राख्नुहोस्
त्यस्तै पछिल्लो समय पनि सेक्सकै विषयमा एक अध्ययन गरिएको छ । जुन अध्ययनले बियर खाने ६० प्रतिशत महिला र पुरुषले पहिलो डेटिङमा नै सेक्स गर्ने उल्लेख गरेको छ ।
बियरको चाख लिने महिलामा क्याजुयल सेक्सको इच्छा हुने अध्ययनमा उल्लेख छ । उक्त महिलाको हकमा मात्रै नभएर पुरुषमा पनि उस्तै रहने पनि बताइएको छ ।
महिलाको सेक्स प्रतिको चाहना ३० वर्षसम्म अत्याधिक बढ्ने र ३० वर्षको उमेरपछि त्यस्तै अनुपातमा घट्ने पनि बताइएको छ ।
यो विषयमा तपाईको धारणा राख्नुहोस्