Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
फेसबुकमा अब ह्यास ट्याग

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

ट्विटरमा लोकप्रिय बनेको ह्यास ट्याग अब फेसबुकमा पनि सुरु भएको छ। फेसबुकबाट अब तपाइँ ह्यास ट्याग प्रयोग गरी चर्चित मुद्दामा निगरानी राख्न सक्नुहुनेछ। कुनै शब्दमा ह्यास ट्याग (#) संकेत लाएपछि यो एक लिंकमा परिवर्तन हुनेछ। त्यहाँ क्लिक गर्दा सो मुद्दामा भइरहेको चर्चा देखाउनेछ। ह्यास ट्याग सुरु गर्दै फेसबुकले भनेको छ- 'प्रयोगर्कताले जुन विषयमा चर्चा भइरहेको हो त्यसको एक बृहत् तस्विर प्राप्त गर्नेछन्।'
विश्लेषकहरुले यसले विज्ञापन संकलनमा पनि मद्दत मिल्ने बताएका छन्। ट्विटरले विज्ञापन वा कुनै विषयलाई पहिचान दिन ह्यास ट्यागलाई लोकप्रिय बनाइसकेको अवस्थामा फेसबुकले यसलाई अपनाएको हो। पछिल्लो समयमा ट्विटरका अन्य फिरचलाई फेसबुकले अपनाउन थालेको अवस्थामा ह्यास ट्याग सुविधा सुरु भएको हो। ट्विटर विपरित फेसबुकमा विज्ञापनदातालाई कुनै खास ह्यास ट्यागको प्रयोग गरी मान्छेहरुसम्म पुग्ने वा कुनै ह्यास ट्यागलाई प्रायोजन गर्ने इजजात भने छैन।

टम्बलर, गुगल प्लस, साइना विबो, लिंक्डन तथा फेसबुककै इन्स्टाग्रामले पनि ह्यास ट्यागलाई प्रयोगमा ल्याइसकेका छन्।

ह्यास ट्याग प्रयोगको घोषणा फेसबुकको न्युज पेजबाट गरिएको थियो। फेसबुकले ह्यास ट्याग संकेत गरिएको शब्द प्रयोग गर्ने सबै टिप्पणीलाई समयक्रम अनुसार देखाउनेछ। फ्रेण्डलिष्टमा नभएका अकाउन्टबाट आएका टिप्पणीहरुलाई पनि ह्यास ट्यागले देखाउने फेसबुकले बताएको छ। 'ह्यास ट्यागले तपाइँलाई कुनै खास विषयमा मान्छेहरु के भनिरहेका छन् भनेर बुझ्ने पहिलो मौका दिनेछ', फेसबुकले भनेको छ। आगामी हप्ता वा महिनाभित्रै ह्यास ट्यागमा अरु फिचर थप्ने उसले बताएको छ।
साभार : नागरिक

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!